आइतबार, वैशाख १६, २०८१

ल्यान्ड रोभरको डिफेन्डर १३०

नेपालखोज २०७९ फागुन १९ गते ११:२०

काठमाडाैं । ल्यान्ड रोभरको नयाँ एसयुभि डिफेन्डर १३० दुईवटा भेरियन्टमा प्रस्तुत गरिएको छ – एचएसई र एक्स। य‍ो एसयूभीको प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य २ करोड १० लाख जति पर्न आउँछ । यसमा नेपाल सरकारले लिने कुनै पनि शुल्क जोडिएको छैन ।

एक्सटीरियर तथा इन्टिरियर

डिफेन्डर १३० डिफेन्डर ११० को परिमार्जित संस्करण हो । अहिले यसको लम्बाइ बढेर ३ सय ४० एमएम पुगेको छ । यसको बाहिरी र भित्री भागमा केहि परिवर्तन गरिएको छ । यसको बाहिरी डिजाइनमा एकीकृत एलईडी डेटाइम रनिङ लाइट सहितको सिंगल-पोड एलईडी हेडल्याम्प , प्यानोरामिक सनरुफ, २० इन्चको अलोय ह्वील तथा स्मोक्ड टेल ल्याम्पहरू समावेश छन् भने भित्री भागमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथ ११.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, ४-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, कुलिङ र मेमोरी फंक्शनहरू तथा ३६० डिग्री क्यामेरा छन् ।

इन्जिन

ल्यान्ड रोभर डिफेन्डर १३० अहिले २ इन्जिन विकल्पमा प्रस्ताव गरिएको छ । यसमा पहिलो ३.० – लिटर पेट्रोल (पि ४००) समावेश छ जसले ३९४ बिएचपि तथा ५५० एनएम टर्क उत्पादन गर्छ । यसै गरि अर्को बिकल्पमा ३.० लिटरको डिजेल (डि ३००) इन्जिन छ जसले २९६ बिएचपि तथा ६०० एनएम टर्क उत्पन्न गर्छ । यी दुबै इन्जिन माइल्ड हाइब्रिड टेक र फोर-ह्वील ड्राइभ प्रणालीमा जोडिएका छन्।

प्रतिक्रिया