पपुवा न्यूगिनीसँगको खेलमा नेपालले लियो पहिलाे विकेट
नेपालखोज
२०७९ फागुन १९ गते १३:०९

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएईमा) जारी आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
शुुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले ११औं ओभरको पहिलो बलमा पीएनजीका किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् ।
बिहीबार यूएईसँग फराकिलो रन अन्तरले हार व्यहोरेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
सम्बन्धित

प्रतिक्रिया