नेपालले पायो १८० रनको लक्ष्य

काठमाण्डौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएकाे हाे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।
किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमशस् १ र ६ रन खर्चिए । रोहित र आरिफले मात्र नेपाली इनिङ्समा विकेट लिएनन् । पीएनजीका तीन खेलाडी रनआउट भए ।

प्रतिक्रिया