शनिबार, वैशाख २२, २०८१

होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

नेपालखोज २०७९ फागुन १९ गते १८:२५

काठमाडौं । आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पेमा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नुहुन्छ ।

सो इभेन्टहरु यस प्रकार छन् :
कलरेल्ला, अन्नपूर्ण होटल
कलर स्प्ल्यास, द मल्ल होटल
होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटल
यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।

आइएमई पेको बारेमा :
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फतभुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

प्रतिक्रिया