मंगलबार, जेठ १, २०८१

बाँच्न अयोग्य हुन्छ तानाशाह

शैलेन्द्र साकार २०७९ फागुन २० गते ७:००

बाँच्न अयोग्य हुन्छ तानाशाह
हरेक युगमा केही विशेष मान्छेहरू
हरेक देशका केही प्रसिद्ध शास‌कहरू
बाँच्न अयोग्य हुन्छन्
तिनीहरू अकस्मात आत्महत्या गर्छन
या अरु‌लाई पनि आत्महत्या गर्न
वाध्य पार्छन्
एउटा सिङ्गो समयलाई
बलात्कार गर्छन् र एकदिन
अनायास धुवाँ झैँ हराउँछन्
इतिहासमा सदाका लागि निदाउँछन्
काल(निद्रा
जस्तो कि एउटा हिटलर
जस्तो कि एउटा पोलपोट
जस्तो कि एउटा चाउचेस्कु
जस्तो कि एउटा स्टालिन
ती सबैले आफू‌लाई
बाँच्न अयोग्य साबित गरे
घोषणा गरे( हामी बाँच्न अयोग्य छौ
केही बेर बाँचेर
केही बेरमै मरे
हरेक तानाशाह स्वयं आफ्नो हत्यारा हो बाँच्न अयोग्य हुन्छ तानाशाह ।

प्रतिक्रिया