शनिबार, वैशाख २२, २०८१

आउँदैछ यी चलचित्रका सिक्वेल

नेपालखोज २०७९ फागुन २१ गते १६:१२

काठमाडाैं । बलिउडमा हरेक वर्ष अनेकन फिल्मको सिक्वेल रिलिज हुन्छन । यीमध्ये केही फिल्मको सिक्वेलले दर्शकको मन पनि जितेको छ। यद्यपि कतिपय फिल्मले दर्शकको अपेक्षा पूरा गर्न सकेनन् भने दोस्रो फिल्मले पहिलो फिल्मको जस्तो सफलता समेत पाउन सकेन ।

यो वर्ष पनि धेरै फिल्मको सिक्वेल रिलिज हुँदैछ । जसमा सलमान खानको ‘टाइगर’, अजय देवगनको ‘सिंघम’, आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ सनी देओलको ‘गदर’ जस्ता फिल्मको सिक्वेल समावेश छ । पहिलो पार्ट जस्तै यी फिल्मको सिक्वेलले पनि दर्शकले माया पाउँछन् कि पाउँदैनन् त्यो भने आउने समयले नै बताउला ।

हेरौं यो वर्ष रिलिज हुने तयारीमा रहेका केहि फिल्म :

गदर- २
सन् २००१ मा सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर’ रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा ७८.८८ करोडको ग्रान्ड कलेक्सन गरेको थियो । अब २२ वर्षपछि फेरि यो फिल्म ‘ गदर -२’ को नाममा तयार भैरहेको छ । यो फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ ।

ओएमजी- २
अक्षय कुमार र परेश रावल स्टारर फिल्म ‘ओह माई गड ’ सन् २०१२ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा ८१.४६ करोड संकलन गरेको थियो । ‘ओएमजी २’ को सिक्वेल यहि वर्ष रिलिज हुँदैछ । यो फिल्ममा पनि अक्षय कुमार नै मुख्य भूमिकामा छन् । यद्यपी यो फिल्मको रिलिज मितिका बारेमा भने अहिलेसम्म कुनै खुलासा गरिएको छैन ।

फुकरे- ३
‘फुकरे’ सन् २०१३ मा रिलिज भएको थियो । ४ वर्षपछि २०१७ मा ‘ फुक्रे रिटर्न्स ’ रिलिज भएको थियो । ती दुबै चलचित्रले दर्शकको राम्रो साथ पाएका थिए । अहिले दर्शकहरु ‘फुकरे- ३’ लाई लिएर उत्साहित छन् । ‘फुकरे’ को बजेट ८ करोड थियो भने यो फिल्मले ४९ करोडको व्यापार गरेको थियो । ‘फुकरे- ३’ यहि वर्षको सेप्टेम्बर ७ मा रिलिज हुँदैछ ।

सिंघम- ३
अजय देवगन र रोहित शेट्टीको ‘सिंघम’ फ्रेन्चाइजको तेस्रो फिल्म ‘सिंघम -३’ यहि वर्ष रिलिज हुँदैछ । सन् २०११ मा रिलिज भएको फिल्म ‘सिंघम’ ले १६० करोड कमाएको थियो भने सन् २०१४ मा रिलिज भएको फिल्म ‘सिंघम रिटर्न्स’ले सवा २ सय करोड कमाएको थियो । अब यो वर्ष रोहित शेट्टी र अजय देवगनको जोडीको तेस्रो फिल्म ‘सिंघम -३’ आउँदछ ।

टाइगर-३
सलमान खान तथा कट्रिना कैफ स्टारर फिल्म ‘एक था टाइगर’ सन् २०१२ मा रिलिज भएको थियो । उक्त फिल्मले बकस अफिसमा सवा ३ सय करोड संकलन गरेको थियो । २०१७ मा रिलिज भएको फिल्म ‘ टाइगर जिन्दा है ’ ले ६ सय करोडको ग्रान्ड कलेक्सन गरेको थियो । यो वर्षको दीपावलीमा एकपटक फेरि सलमान खान–कट्रिना कैफ स्टारर फिल्म ‘ टाइगर- ३’ आउँदैछ ।

प्रतिक्रिया