शनिबार, वैशाख २२, २०८१

निशाले हालिन् अंश मुद्दा

नेपालखोज २०७९ फागुन २१ गते १९:३७

काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध दरार पैदा भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् ।

एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरेको छ ।

केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । अहिले निशा र शरद दुवै नेपालमै बस्छन् । निशा कलाकारितामा र शरद क्रिकेटमा छन् । शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट भने स्थान गुमाएका छन् ।

निशाले सम्बन्धविच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ । यदि डिभोर्सको मुद्दा दायर गरेमा स्वतः अंशबन्डा हुन्छ । तर, अंश मुद्दा दायर गर्दा स्वतः सम्बन्धविच्छेद हुँदैन ।

प्रतिक्रिया