शनिबार, वैशाख २२, २०८१

लोक गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन

नेपालखोज २०७९ फागुन २३ गते ९:४८

काठमाडौं । वरिष्ठ लोक गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । कलेजो, मृगौला र उच्चरक्तचापको समस्या खेप्दै आएका गायक लम्सालको उपचारकै क्रममा स्पेनमा निधन भएको हो ।

उनको पार्थिव शरिर नेपाल ल्याउने नल्याउने विषयमा पारिवारिक छलफल चलिरहेको सर्जक शिव हमालले जानकारी दिए । उनले भने, ‘उहाँको छोरा सागर लम्साल ‘बले’पोखराबाट काठमाडौं आउदैहुनुहुन्छ । त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’

स्वर्गीय लम्सालका ‘वालिङ फिरफिरे’, ‘डोरीको तीन फूदा’, ‘रमाईलो नाउँडाँडा’, ‘छाती चिरीन्छ’ जस्ता सदाबहार लोक गीत छन् । ‘स्याङजामा जन्मे हुर्केका लम्साल मृदुभाषी थिए’ लोक गायक नविन पौडेलले सम्झिए ।

प्रतिक्रिया