शनिबार, वैशाख २२, २०८१

चांगन अटोकोको चांगन एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक

नेपालखोज २०७९ फागुन २३ गते ११:२०

काठमाडौं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ग्रान्ड एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहक बर्गहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनु को साथै चांगनको प्रिमियम सेडान अल्सभिन र यसै चांगनको प्रिमियम पिक–अप हन्टरसंग साट्न सक्ने छन् ।

ग्राहक वर्गहरुलाई यस अफर अन्तर्गत २.५ लाख सम्मको नगद छुट, २ लाख सम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउनु हुन ग्राहक बर्गहरुमा जानकारी गरिन्छ । चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भए संगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चांगन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि आफ्नो गाडीको उचित मुल्यांकन गर्न सक्नुहुनेछ । यसका साथै डब्लु डब्लु डब्लु डट चांगन नेपाल डट कम मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नु हुनेछ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्नसक्नु हुने छ ।

प्रतिक्रिया