आइतबार, वैशाख २३, २०८१

लक्ष्मी क्यापिटल मार्केटले शैलेश्वरी पावरको संस्थागत परामर्शदाताको कार्य गर्ने

नेपालखोज २०७९ फागुन २३ गते १९:१५

काठमाडौं । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच सम्झौता भएकोे छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् ।

शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्नेछन् ।

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका स्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवद्र्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया