शनिबार, वैशाख २२, २०८१

‘तू झुठी मै मक्कार’ले पाउँदैछ बम्पर ओपेनीङ

नेपालखोज २०७९ फागुन २४ गते ७:५३

काठमाडौं । होलीको अवसर पारेर बलिउड सुपरस्टार रणवीर कपूर र श्रद्धा कपूरको फिल्म ‘ तू झुठी मै मक्कार ’ प्रदर्शनमा आउँदैछ । भनिन्छ ‘तू झुठी मै मक्कार’ को अग्रिम टिकट अकल्पनीय रुपमा बिक्री भएको छ । यसबीच ‘तू झुठी मै मक्कर’ को पहिलो दिनको बक्स अफिस कमाईको अनुमान समेत बाहिर आएको छ ।

बम्पर एडभान्स बुकिङका कारण ‘ तू झुठी मै मक्कार ’ ले रिलिजको पहिलो दिन बक्स अफिसमा उत्कृष्ट सुरुवात गर्न सक्ने अनुमान गरिएको छ । सुपरस्टार रणबीर कपुर तथा श्रद्धा कपूरको फिल्म ‘ तू झुठी मै मक्कार ’ को ओपनिङ डे बक्स अफिसको भविष्यवाणी गर्दै फिल्म वितरक अक्षय राठीले भनेका छन् – यो चलचित्रले रिलिजको पहिलो दिन नै १७ –१८ करोड कमाउन सक्छ जुन बलिउड निर्देशक लव रञ्जनको यो फिल्मका लागि नाफाको ब्यापार मानिनेछ ।

‘तू झुठी मै मक्कार’ रोमान्टिक कमेडी फिल्म हो, जसका लागि युवाहरुमा निकै राम्रो क्रेज देखिएको छ । यो फिल्ममा रणवीर र श्रद्धा पहिलो पटक एकअर्कासँग स्क्रिन सेयर गर्दैछन् । ट्रेड विश्लेषक तरण आदर्शका अनुसार ‘ तू झुठी मै मक्कर ’ का लागि ७० हजारभन्दा बढी टिकटको अग्रिम बुकिङ भैसकेको छ । यो चलचित्र आज बुधबार फागुन २४ (मार्च ८ ) मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया