बिहीबार, वैशाख २०, २०८१

सुनको मूल्य ताेलामा ८०० रुपैयाँले बढ्याे

नेपालखोज २०७९ फागुन २६ गते १०:५९

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन तोलामा एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन तोलामा एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया