विश्वका सबैभन्दा शिक्षित देश कुन–कुन हुन्

काठमाडाैं । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) ले हरेक वर्ष एउटा प्रतिवेदन सार्वजनिक गर्छ जसमा विभिन्न मापदण्डका आधारमा कुन देश सबैभन्दा बढी शिक्षित छ भनेर बताइन्छ ।
क्यानाडा (Canada)
अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टको प्रतिवेदन अनुसार क्यानाडा विश्वको सबैभन्दा शिक्षित देश हो। सन् २०२२ का लागि जारी यो प्रतिवेदन अनुसार क्यानाडालाई ६० प्रतिशत अंक दिइएको थियो ।
रूस (Russia)
यो सुचिको दोस्रो स्थान रुसले हासिल गरेको छ । ओईसीडीको प्रतिवेदनमा रुसले ५६ .७ प्रतिशत अंक प्राप्त गरेको छ ।
जापान (Japan)
यो सूचिमा जापान तेस्रो स्थानमा छ । ओईसीडीको प्रतिवेदनमा जापानको स्कोर ५२.७ प्रतिशत छ ।
लक्जमबर्ग (Luxembourg)
लक्जेम्बर्गले यो सूचीमा आफुलाइ चौथो नम्बरमा राखेको छ । लक्जेम्बर्गको अंक ५१.३ प्रतिशत छ ।
दक्षिण कोरिया (South Korea)
दक्षिण कोरिया ओईसीडीको प्रतिवेदन अनुसार ५ औं स्थानमा छ। दक्षिण कोरियाले ५०.७ प्रतिशत अंक हासिल गरेको छ ।
इजरायल तथा अमेरिका (Israel and America)
यो सूचीको छैटौं स्थानमा दुई देश छन् । ओईसीडीको यो प्रतिवेदनमा इजरायल र अमेरिका दुबै छैटौं स्थान हासिल गरेका हुन् । दुवै देशले ५०.१ प्रतिशत अंक पाएका छन् ।
आयरलैंड (Ireland)
शिक्षित देशहरूको सूचीमा आयरल्याण्ड सातौं स्थानमा छ । ओईसीडीको प्रतिवेदनमा आयरल्याण्डलाई ४९.९ प्रतिशत अंक दिइएको छ ।
यूनाइटेड किंगडम (United Kingdom)
बेलायत यो सूचीको आठौं स्थानमा छ जसले ४९.४ प्रतिशत अंक ल्याएको छ ।
अस्ट्रेलिया (Australia)
यो सूचीमा ९ औं स्थान प्राप्त गर्ने देश कुरा अष्ट्रेलियाले ४९.३ प्रतिशत अङ्क ल्याएको छ ।
फिनल्याण्ड (Finland)
फिनल्याण्ड यो सूचीको १० औं स्थानमा रहेको देश हो । फिनल्याण्डले ४७ दशमलव ९ प्रतिशत अंक ल्याएको छ ।
प्रतिक्रिया