शुक्रबार, चैत १६, २०८०

ती नायिका जसले लिए नायक भन्दा बढि पारिश्रमिक

नेपालखोज २०७९ फागुन ३० गते १२:१५

दीपिका पादुकोण बलिउडकी सबैभन्दा महँगी नायिका हुन् । एउटा फिल्ममा उनले आफ्ना श्री मान रणवीर सिंहले भन्दा बढी पारिश्रमिक लिएकी छिन् । हामी कुरा गरिरहेका छौँ फिल्म ‘पद्मावत’ को । रिपोर्टहरु अनुसार सञ्जय लीला भन्सालीको यो फिल्मका लागि दीपिकाले करिब २१ करोड रुपैयाँ पारिश्रमिक पाएकी थिईन भने उनका दुई सह-कलाकार रणवीर सिंह र शाहिद कपूरले १६ – १६ करोड पारिश्रमिक पाएका थिए ।

आलिया भट्टले फिल्म ‘राजी’ का लागि सह–अभिनेता विक्की कौशलभन्दा बढी पारिश्रमिक लिएकी थिईन् । मेघना गुलजार निर्देशित यो फिल्मका लागि आलियाले करिब १६ करोड पारिश्रमिक लिएकी थिईन भने विक्की कौशलको पारिश्रमिक ६ करोडको हाराहारीमा थियो ।

कंगना रणावतले थुप्रै महिला प्रधान चलचित्रमा मुख्य भुमिका निर्वाह गरेकी छिन् भने अनेकन चलचित्रमा उनले सह-कलाकारहरूको तुलनामा बढी पारिश्रमिक लिएकी छिन् । उनले ‘ रंगून ’ का लागि शाहिद कपूर र सैफ अली खान तथा ‘ कट्टी बट्टी ’ का लागि इमरान खानभन्दा बढी पारिश्रमिक लिएको बताइन्छ । यद्यपि ती चलचित्रमा उनको पारिश्रमिक कति थियो भन्ने कुराभने खुलाइएको छैन ।

दिनेश विजनको फिल्म ‘ स्त्री ’ मा श्रद्धा कपूर मुख्य भूमिकामा थिइन् भने उनको अपोजिटमा राजकुमार राव थिए । फिल्मका लागि श्रद्धाले राजकुमारको तुलनामा बढी पारिश्रमिक (११ करोड रुपैयाँ ) लिइन् । त्यसैगरि फिल्म छिछोरे मा उनको पारिश्रमिक सह–अभिनेता सुशान्त सिंह राजपूतको तुलनामा बढी थियो ।

करिना कपुरले फिल्म ‘ वीरे दी वेडिङ ’ का लागि करिब ११ करोड पारिश्रमिक लिएकी थिइन् । यो फिल्ममा उनका सह–अभिनेता सुमित व्यासको पारिश्रमिक मात्र सवा करोड थियो । यस हिसाबले करिनाको पारिश्रमिक सुमितको तुलनामा ८.७५ गुणा बढी जस्तो थियो ।

प्रतिक्रिया