बुधबार, वैशाख १९, २०८१

वर्षाको वैवाहिक सम्बन्ध टुटेपछि श्रीमान्‌ले गरे अर्को विवाह

नेपालखोज २०७९ फागुन ३० गते १६:०५

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ ।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो ।

अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।

आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया