शुक्रबार, वैशाख २१, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ चैत २ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया