शनिबार, वैशाख १५, २०८१

५ अंकले नेप्से घट्दा एक अर्ब १४ करोडको सेयर किनबेच

नेपालखोज २०७९ चैत २ गते १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेर नै रोकिएको छ । अघिल्लो दिन १४ दशमलव ४४ अंकले घटेको नेप्से आज पुन पाँच दशमलव ३२ अंकले घटेर १९ सय ३३ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले घटेर तीन सय ६४ दशमलव ७८ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको २६ हजार तीन सय ७५ पटकको कारोबारमा ३४ लाख दुई हजार दुई सय ६७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समूहको सूचक शून्य दशमलव २५ अंकले बढेर २५ सय ५० अंकमा चढेको छ । लगानी, अन्य र टे«डिङ समूहको सूचक पनि बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने चार दशमलव ९५ अंकले घटेर १२ सय ५४ दशमलव १३ अंकमा झरेको छ ।

बिकास बैंक समूहको सुचक पनि १४ दशमलव ३७ अंकले घटेर तीन हजार पाँच सय ४० दशमलव ६६ अंकमा झरेको छ । जीवन बिमा समूहको सुचक पनि ३४ दशमलव ३९ अंकले घटेर नौ हजार ६ सय ४९ दशमलव ५१ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि २१ दशमलव ८७ अंकले घटेर आठ हजार सात सय ६८ दशमलव ३७ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, र सामुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १६ सय चार रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले घटेर सात सय २० रुपैयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सात सय ५० रुपैयाँ अन्तिम मुल्यमा चार करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया