बिहीबार, वैशाख ६, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ चैत ३ गते १२:४२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया