शनिबार, वैशाख १५, २०८१

यी वेब सिरिजहरू छन् बहुप्रतीक्षित

नेपालखोज २०७९ चैत ३ गते १५:४९

द फेमिली मेन- ३

काठमाडाैं । राज र डीके द्वारा निर्देशित, मनोज बाजपेयी, प्रियामणि, शारिब हाश्मी, सामन्था रुथ प्रभु तथा श्रेया धन्वन्त्री स्टारर ‘द फेमिली म्यान’ अमेजन प्राइम भिडियोको लोकप्रिय वेब सिरिज मध्ये एक हो । यसको पहिलो सिजन सन् २०१९ मा स्ट्रिम गरिएको थियो । यो सिरिजमा डेब्यू गरेका मनोज बाजपेयी एक गुप्तचर अधिकारीको भूमिकामा छन् । व्यक्तिगत तथा व्यवसायिक मोर्चामा उनको लडाई सबैलाई मन परेको छ । यसको दोस्रो सिजन २०२१ मा रिलिज भएको थियो । उक्त सिरिजको पहिलो सिजनमा शत्रु पाकिस्तानबाट आएको थियो भने दोस्रोमा श्रीलंकाबाट आएको थियो । अब यसपटक चिनियाँ शत्रुसँग प्रतिस्पर्धा छ । दोस्रो सिजनको अन्त्यमा तेस्रो सिजनको सानो झलक देखाइएको छ । यो सिरिजमा सारा संसारलाई ध्वस्त पार्ने कोरोना जस्तो हतियार चीनमा कसरी तयार भयो भन्ने देखाईने बताइन्छ ।

हिरामण्डी

‘हम दिल दे चुके सनम’, ‘राम–लीला’, ‘बाजीराव मस्तानी’, ‘जोधा अकबर’, ‘देवदास’ तथा ‘गंगुबाई काठियावाडी’ जस्ता चर्चित फिल्म निर्माण गर्ने दिग्गज फिल्ममेकर सञ्जय लीला भन्साली पनि ओटीटी प्लेटफर्म तर्फ आकर्षित छन् । उनको पहिलो वेब सिरिज ‘हिरामण्डी’ नेटफ्लिक्समा स्ट्रिम हुँदैछ । यसक‍ो टिजर रिलिज भैसकेको छ जसमा क्लासिक फिचरहरू प्रस्तुत गरिएको छ । यसमा भन्साली चिनाउने भव्यताको झलक पाईन्छ । यो वेब सिरिजमा अभिनेत्री मनिषा कोइराला, ऋचा चड्ढा, अदिति राव हैदरी, सोनाक्षी सिन्हा, शर्मिन सेगल तथा सञ्जीदा शेखले आकर्षक साडी र सुन्दर गहनाहरु लगाएर आफ्नो आकर्षण फैलाइरहेका छन् । ‘हिरामण्डी’ लाहोर (पाकिस्तान) मा अवस्थित एउटा त्यस्तो क्षेत्र हो जहाँका महिलाहरू मुजरा नाचेर जिबिका चलाउँछन । मुगलकालमा यहाँ मनोरञ्जनका लागि उनिहरुको बसोबास ममिलाईएको थियो ।

पाताल लोक- २

कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्ममा ठूलो मात्रामा वेब सिरिज तथा फिल्महरू रिलिज भएका थिए । ती मध्ये १५ मे २०२० मा स्ट्रिम गरिएको ‘पाताल लोक’ ले हलचल मच्चाएको थियो । बिना होहल्ला रिलिज भएको यो शृंखला निकै धेरै हेरिएको थियो । यसमा अभिनेता जयदीप अहलावतले पुलिस अफिसर हाथीराम चौधरीको भूमिकामा उत्कृष्ट काम गरेका छन् । यही चरित्रका कारण उनले नयाँ पहिचान पाएका छन् । यो सिरिजको दोस्रो सिजनको सुटिङ गत वर्ष अप्रिलमा सुरु भएको थियो जुन अहिले सम्पन्न भैसकेको छ । पाताल लोक- २ यो जूनमा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम हुने सम्भावना छ ।

मिर्जापुर- ३

पंकज त्रिपाठी, अली फजल, विक्रान्त मेस्सी तथा दिव्येन्दु शर्मा स्टारर ‘मिर्जापुर’ लाई क्लासिक वेब सिरिजका रूपमा वर्गीकृत गरिएको छ । यसको पहिलो सिजन सन् २०१८ मा ओटीटी प्लेटफर्म अमेजन प्राइम वीडियो मा रिलिज भएको थियो । त्यसपछि कालिन भैया, गुड्डु-बब्लु, स्वीटी र मुन्ना भैया जस्ता कलाकारले दर्शकहरुलाई पागल बनाएका थिए । यो शृङ्खला चर्चित भएपछि धेरै मानिसहरू ओटीटी सँग परिचित भए । ओटीटी लाई मनोरन्जनको वैकल्पिक माध्यम बनाउन यो शृङ्खलाको ठूलो योगदान छ । यसको दोस्रो सिजन सन् २०२० मा रिलिज भएको थियो । त्यसपछि तेस्रो सिजन गत वर्ष नै रिलिज हुने अपेक्षा गरिएको थियो तर छायांकन ढिलो भएका कारण त्यो सम्भव हुन सकेन । अहिले यो शृङ्खला पोस्ट प्रोडक्सनमा छ । यसका निर्माताहरूले यसलाई आउने दीपावलीमा स्ट्रिम गर्ने योजना बनाएका छन् ।

इण्डीयन पुलिस फोर्स

‘सिङ्घम’, ‘सिम्बा’ र ‘सूर्यवंशी’ जस्ता उत्कृष्ट फिल्महरू तयार पार्ने दिग्गज फिल्ममेकर रोहित शेट्टीले अब यही फ्रेन्चाइजको वेब सिरिज ‘इण्डीयन पुलिस फोर्स’ तयार पारेका छन्। यो सिरिजमा सिद्धार्थ मल्होत्रा, शिल्पा शेट्टी तथा विवेक ओबेरोयलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । यसको कथा रोहित शेट्टीसँगै सन्दीप संकेत र अनुशा नन्दकुमारले लेखेका हुन् । यसलाई सुशान्त प्रकाशले निर्देशन गरिरहेका छन्, तर सबै ठूला एक्सन दृश्यहरू रोहित शेट्टीको सुपरिवेक्षणमा खिचिएका छन् । अहिले यो सिरिजको छायांकन चलिरहेको छ । चलचित्र ‘सर्कस’को प्रचार तथा प्रदर्शनका कारण केही दिन यसको छायांकन रोकिएको थियो ।

राणा नायडू

अमेरिकी श्रृंखला ‘रे डोनोभन’ को भारतीय रूपान्तरण नेटफ्लिक्समा मार्च १० देखि ‘राणा नायडू’ नामबाट प्रसारण हुनेछ । यसमा सुरविन चावला, सुशान्त सिंह, अभिषेक बनर्जी, सुचित्रा पिल्लई, गौरव चोपडा, आशिष विद्यार्थि तथा राजेश जयका साथै साउथ सिनेमाका सुपरस्टार राणा दग्गुबाती र वेंकटेशको पनि महत्वपूर्ण भूमिका छ । यसमा परिवारबीचको लडाइँ देखाईने छ, जसमा बाबु–छोराबीच मतभिन्नता हुन्छ र वास्तविक जीवनमा सधैं तरवार तान्ने गरिन्छ । वास्तविक जीवनमा काका-भतिजाको जोडी दग्गुबाती बेंकटेश र राणा दग्गुबातीले बाबु र छोराको भूमिका निर्वाह गरेका छन्। यसमा उनिहरु दुबै माफिया र अपराधको दुनियाका बादशाह हुन्।

रकेट ब्वाईज- २

भारतीय आणविक ऊर्जा कार्यक्रमका वास्तुकार भनिने वैज्ञानिक डा. होमी जहांगीर भाभा तथा अन्तरिक्षमा भूउपग्रह पठाउने सपना साकार पार्ने वैज्ञानिक डा. विक्रम साराभाईको जीवनी चर्चित वेब सिरिज ‘रकेट’मा प्रस्तुत गरिएको थियो । ओटीटी प्लेटफर्म सोनी लिभको यो सिरिज पनि मानिसहरूले निकै मन पराए। जसमा जिम सर्भ, इश्वाक सिंह, रेजिना क्यासान्ड्रा, साबा आजाद, दिव्यन्दु भट्टाचार्य, रजित कपुर, नमित दास र अर्जुन राधाकृष्णन जस्ता कलाकारहरू महत्त्वपूर्ण भूमिकामा देखिएका थिए । यसको दोस्रो सिजन वैज्ञानिक तथा पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको जीवनीमा आधारित छ । यसमा सन् १९७४ मा पोखरनमा भएको ऐतिहासिक आणविक परीक्षणको कथा पनि प्रस्तुत हुनेछ ।

प्रतिक्रिया