बिहीबार, वैशाख १३, २०८१

तातो पानी पिउनुका फाइदा !

नेपालखोज २०७९ चैत ४ गते ७:४५

बिहान खाली पेटमा मनतातो पानी पिउनाले शरीरको मेटाबोलिजम बढ्छ र यसले छाला भित्र रहेको बोसोयुक्त तन्तुहरूलाई भत्काउँछ । यसले हाम्रो शरीरको जिद्दी बोसो हटाउने काम गर्छ । त्यसकारण जब आफ्नो मोटोपन कम गर्न चाहनेहरुले तातो पानी पिउनुपर्छ ।

पानी तताउँदा पानीमा रहेका हानिकारक तत्व नष्ट हुन्छन् । जसका कारण यो पानी मिनरल बोतलको पानी भन्दा पनि शुद्ध हुन्छ । यसको सेवनले हामि भित्रका सबै रोगहरु समाप्त हुनेछन् । त्यसैले यो पनि तातो पानी पिउनुको सबैभन्दा ठूलो फाइदा हो ।

धेरै मानिसहरु बेलाबेलामा बिरामी भैरहन्छन् र यस्तो अवस्थामा विभिन्न किसिमको औषधि पनि खान्छन् । जुन सही होईन । विभिन्न प्रकारका औषधि खाँदा हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसका कारण हाम्रो शरीरले रोगसँग राम्रोसँग लड्न सक्दैन र हामी बिरामी रहन्छौं अनि स्वस्थ हुन सक्दैनौं । बिहान तातो पानी पिउनाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसका कारण हामी कम बिरामी हुन्छौं र स्वस्थ एवं खुसी रहनेछौं ।

कतिपयलाई खान – पिउन त्यति मन लाग्दैन । पाचन शक्ति कमजोर हुनुका कारण यस्तो हुन्छ । किनभने हामी प्रायः बाहिरको खाना र फास्ट फूड खान मन पराउँछौं । जसका कारण पाचन शक्ति कमजोर हुन्छ र हाम्रो खाना राम्रो सँग पच्दैन । त्यसपछि हामीलाई ग्यास र पेट दुख्ने समस्या हुन्छ । कतिपय अवस्थामा हाम्रो पेट बिहानै सफा हुन सक्दैन । कब्जियतका कारण यस्तो हुन्छ । यदि यी सबै समस्याबाट छुटकारा पाउन चाहने हो र त्यो पनि बिना कुनै औषधि, बिहान खाली पेटमा मनतातो पानी पिउनु पर्छ । त्यसपछि यो तातो पानीको प्रभाव पनि थाहा हुनेछ । यसले पेटसँग सम्बन्धित कुनै समस्या हुनदिनेछैन र पाचन शक्ति पनि बलियो हुनेछ । तातो पानी पिउँदा छालामा चमक आउँछ र अनुहारमा चाउरी पर्दैन ।

जसको समय भन्दा पहिले नै छालामा चाउरी देखिएको छ उनीहरुले तातो पानी पिउनुपर्छ । अनुहारमा पिम्पल छ भने त्यो पनि समाप्त हुन्छ । तातो पानीले शरीरलाई भित्रबाट सफा गर्छ । जसका कारण शरीरमा रगत द्रुत गतिमा चल्छ र हाम्रो शरीरका सबै अंगले आफ्नो काम ठीकसँग गर्छन । वृद्धवृद्धालाई जोर्नी दुख्ने समस्या हुन्छ । त्यसैले उनीहरुले तातो पानी पिउनुपर्छ । किनभने तातो पानीले जोर्नीलाई चिल्लो बनाउँछ र जोर्नी दुखाई समाप्त हुन्छ । तातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ अनि हाम्रो शरीरबाट पसिना निस्कन्छ भने यो पसिनाबाट हाम्रो शरीरको फोहोर बाहिर निस्कन्छ । कपाल कमजोर छ र झरिरहेको छ भने कपालमा कुनै प्रकारको केमिकल लगाउनु पर्दैन ।

यसको हेरचाह गर्न पनि आवश्यक छैन । गर्नु पर्ने भनेको बिहान तातो पानी पिउनु हो। जसका कारण कपाल बलियो हुन्छ र कपालमा चमक पनि आउँछ । तातो पानी पिउने नियम : तातो पानी खालि पेटमा बिहान पिउनुपर्छ भने धेरै तातो पानी पनि पिउनु हुँदैन । मनतातो पानी पिउनुपर्छ । बिहान एक वा दुई गिलास पानी पिउनुपर्छ । जसका कारण पेट सम्बन्धी कुनै समस्या हुनेछैन र रोग टाढै रहनेछ अनि कहिल्यै बिरामी परिने छैन अर्थात हामि पूर्ण रूपमा स्वस्थ रहनेछौं ।

साबधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया