बुधबार, वैशाख १२, २०८१

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर : चेम्बर अध्यक्ष मल्ल

नेपालखोज २०७९ चैत ४ गते १७:११

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए ।

आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिम कै अवस्थामा छ । रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’ ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने अध्यक्ष मल्लले बताए ।

यस्तै अध्यक्ष मल्लले स्थानीयतहमा कृषि उत्पादन वृद्धिहुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गर्नुभयो । स्थानीय तहमा उत्पादित वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया