शुक्रबार, वैशाख १४, २०८१

सद्‌गुरु वाणी

नेपालखोज २०७९ चैत ५ गते ९:२३

जीवनको स्रोत छ, जसले हामीभित्र काम गर्दछ । हामी कि त त्यसलाई बस् पूजा गर्न सक्छौँ वा सचेतन रुपमा त्यससम्म पुग्न सक्छौँ । हामी सचेतन रूपमा त्यससम्म पुग्यौँ भने त्यसलाई हामी इनर इन्जिनियरिङ भन्छौँ ।

जब तपाईं आफूभित्र समभाव विकास गर्नुहुन्छ, तपाईंको शरीरको प्रत्येक कोषिकाले मधुरता उत्पन्न गरी प्रतिक्रिया जनाउनेछ ।

जिम्मेवार हुनु भनेको आफ्नो जीवनको स्वामित्व लिनु हो । यसको अर्थ एक पूर्ण मनुष्य बन्नेतर्फ-अर्थात् पूर्णतया सचेतन र पूर्णतया मानवीय बन्नेतर्फ-तपाईंले पहिलो आधारभूत पाइला चाल्नुभयो ।

जीवन सीमित मात्राको समय र ऊर्जा हो । यसलाई बढीभन्दा बढी प्रभाव सृजना गर्न प्रयोग गरौँ ।

जीवनका दुई पक्ष छन् । पहिलो तपाईंले के गर्नुहुन्छ र फलस्वरूप तपाईंसँग के छ । अर्को तपाईंले आफ्नो जीवन कसरी अनुभव गर्नुहुन्छ । देवी जीवनको चमत्कार र भव्यता अनुभव गर्ने मार्ग हुन् । मेरो कामना छ, तपाईंले यस द्वारको उपयोग गर्नुहुनेछ र स्वयम् आफूभित्र अथाह सम्भावनाहरू जान्नुहुनेछ ।

निर्मलता कुनै रूप वा विश्वासमा पाउन सकिँदैन । बरू आफूलाई सुरक्षित राख्न चाहने हाम्रो मूल प्रवृत्तिबाट माथि उठ्यौँ भने त्यहाँ निर्मलता हुन्छ ।

माटोको लागि जे राम्रो हुन्छ, त्यही तपाईंको शरीरको लागि समेत राम्रो हुन्छ किनकि तपाईंको शरीर यही माटोको मूर्तरूप हो ।

परिणामहरूको चिन्ता गर्नाले कायरता निम्तिन्छ । जो मानिसहरू जतिबेला पनि आफ्ना कार्यको सम्भावित परिणामहरूको बारेमा सोचिरहन्छन्, उनीहरूले जीवनमा गर्नुपर्ने काम कहिल्यै गर्नेछैनन् ।

प्रतिक्रिया