शनिबार, वैशाख १५, २०८१

राष्ट्र बैंकद्वारा पुुनः २३ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७९ चैत ५ गते १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने चैत आठ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको नौ अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख पाँच गते, २०८० असार पाँच गते, २०८० असोज दुई गते र २०८० चैत छ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतको रहेको छ ।

यसअघि यही फागुन २९ गते पनि राष्ट्र बैकले १५ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया