बिहीबार, वैशाख १३, २०८१

यू-१७ महिला साफ : नेपाल र भारत खेल्दै

नेपालखोज २०७९ चैत ६ गते ७:५७

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवाको योजनामा रहेको छ । भारत पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।  यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ ।

नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया