बिहीबार, वैशाख १३, २०८१

सञ्जयलाई रजत

नेपालखोज २०७९ चैत ६ गते ११:४१

काठमाडौं । नेपालका सञ्जय राईले १८औँ विश्व मुवाँथाई च्याम्पियनशिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भएका हुन् । त्यसअघि नेपालले तीन कास्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कास्य जितेका थिए । महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कास्य दिलाएकी थिइन् ।

यसअघि विश्व च्याम्पियनशिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कास्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई सङ्घले जनाएको छ ।

प्रतिक्रिया