शुक्रबार, वैशाख ७, २०८१

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

नेपालखोज २०७९ चैत ६ गते १७:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्नुभएको हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उहाँले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेका छन् । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गरेकाे प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया