मंगलबार, वैशाख ११, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत ६ गते २२:१३

तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपचुनाव हुने ।

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत ।

राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा चलाउन नसकिने ।

पुनरावलोकन गर्नुपर्ने सन्धि राष्ट्रिय सरोकार समितिमा पेस ।

जसपाका मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित ।

करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय ।

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय ।

जसपा विधान अधिवेशन समितिको बैठक आह्वान ।

आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने ।

स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई एक लाखसम्म जरिवाना गरिने ।

महिला नेतृत्व शिखर सम्मेलन आयोजना हुँदै ।

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने ।

प्रधानमन्त्री थ्री नेशन कप फुटबल हुने ।

विराट गोल्डकप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार ।

प्रतिक्रिया