शनिबार, वैशाख ८, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ चैत ८ गते ११:२६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ हजार रुपैयाले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया