बुधबार, वैशाख १२, २०८१

यो साता लन्च भएका स्मार्ट फोन

नेपालखोज २०७९ चैत ८ गते १५:४४

काठमाडाैं । भारतमा एकपछि अर्को गर्दै स्मार्ट फोन लन्च भइरहेका छन् । यो हप्ता पनि भारतमा थुप्रै स्मार्टफोन लन्च भैरहेका छन् । यसमा Samsung Galaxy A54, A34, Poco X5 5G, Infinix Hot 30i जस्ता स्मार्टफोनहरू समावेश छन् ।

यो साता ओप्पोको फोल्डेबल टेलिफोन Oppo Find N2 Flip पनि लन्च गरिएको छ। यदि तपाई पनि नयाँ फोन लिने सोचमा हुनुहुन्छ भने यो रिपोर्ट तपाईका लागि हो ।

यो हप्ता लन्च भएका स्मार्टफोनहररु :

Oppo Find N2 Flip ओप्पोले आफ्नो फोल्डेबल टेलिफोन Oppo Find N2 Flip यहि हप्ता लन्च गरेको छ । यो फोन ३.६२ इन्चको कभर डिस्प्ले तथा ६.८ इन्चको एमोलेड स्क्रिनसहित बजारमा आएको छ । यो फोनमा ५० मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप तथा सेल्फीका लागि ३२ मेगापिक्सेलको सेन्सर छ। मिडियाटेकको अक्टा-कोर डाइमेन्सिटी ९०००+ प्रोसेसरमा ओप्पो फाइन्ड एन२ फ्लिप र छिटो चार्जिङको सुबिधा छ । यो टेलिफोनमा डुअल सेल ब्याट्री प्याक गरिएको छ जसको अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख ४५ हजार रुपैयाँ जति पर्न आउँछ ।

Nokia C12 Nokia C12 एन्ट्री लेभल स्मार्टफोन हो । यसलाई भर्चुअल र्याम Nokia C12 सँग सपोर्ट गरिएको छ । Nokia C12 मा सिंगल रियर र सिंगल फ्रन्ट क्यामेरा उपलब्ध छ। Nokia C12 मा 8 मेगापिक्सेलको रियर क्यामेरा र 5 मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यो क्यामेरामा पोर्ट्रेट र नाइट मोड पनि दिइएको छ । नोकिया सी १२ मा ६.३ इन्चको एचडी प्लस डिस्प्ले छ । यो फोन २ GB भर्चुअल र्याम तथा Unisoc 9863A1 अक्टा-कोर प्रोसेसरमा काम गर्छ । नोकियाको यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ९ हजार ६ जति पर्छ ।

Realme C33 2023 Edition Realme ले Realme C33 -२०२३ प्रस्तुत गरेको छ जुन २०२२ को मोडलको अपग्रेड हो । यो फोनमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले छ । अक्टा-कोर Unisoc T612 प्रोसेसर र 64 GB भण्डारण Realme C33 – २०२३ मा उपलब्ध छ । यो फोनमा ५,००० एमएएचको ब्याट्री तथा डुअल क्यामेरा सेटअप उपलब्ध हुन्छ । यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य १६ हजार रुपैयाँ छ । यसमा 4 GB RAM तथा 64 GB भण्डारण उपलब्ध हुन्छ ।

Poco X5 5G Poco X5 5G लाई एन्ड्रोइड १२ आधारित MIUI 13 सँग प्रस्तुत गरिएको छ । यो फोन 120Hz को रिफ्रेस रेटका साथ 6.67 इन्च फुल एचडी प्लस AMOLED स्क्रिनका साथ आउँछ । यो फोनमा स्न्यापड्रागन ६९५ प्रोसेसरका साथमा ८ GB सम्मको र्याम र २५६ GB सम्मको भण्डारण छ। Poco X5 5G मा तीनवटा रियर क्यामेरा छन्, जसमा प्राइमरी लेन्स ४८ मेगापिक्सेल, दोस्रो लेन्स ८ मेगापिक्सेल र तेस्रो लेन्स २ मेगापिक्सेल छ । सेल्फीका लागि यो फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध हुन्छ । यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ३२ हजार रुपैयाँ जस्तो छ ।

प्रतिक्रिया