मंगलबार, वैशाख ११, २०८१

राप्रपा शीर्ष नेताहरु र पूर्व राजा ज्ञानेन्द्रबीच भेट

नेपालखोज २०७९ चैत ८ गते १६:१८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।

पूर्वराजा शाहलाई भेट्न आज (बुधबार) राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा.धवलशम्शेर राणा पूर्वराजालाई भेट्न झापा पुगेका थिए ।

भेटवार्ताका क्रममा पूर्वराजा शाहले देशको अवस्थाबारे चिन्ता व्यक्त गर्दै अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे बताएका थिए ।

प्रतिक्रिया