बिहीबार, वैशाख १३, २०८१

प्रदुषणका कारण हरेक वर्ष ९० लाख मानिसको मृत्यु

नेपालखोज २०७९ चैत ८ गते १६:१८

एजेन्सी । प्रदुषणका कारण विश्वमा बर्सेनि ९० लाख मानिसको ज्यान जाने गरेको नयाँ अध्ययनले देखाएको छ । सन् २००० देखि कार, कारखाना तथा ट्रकका कारण हुने प्रदूषण ५५ प्रतिशतले बढेको छ ।

द ल्यान्सेटमा प्रकाशित यो अध्ययनमा भारतमा प्रदूषणका कारण सबैभन्दा बढी २४ लाख मानिसको मृत्यु भएको बताइएको छ । चीन दोस्रो नम्बरमा छ, जहाँ २२ लाख मानिसको मृत्युको कारण प्रदूषण रहयो ।

सन् २०१५ र २०१९ मा प्रदूषणका कारण मृत्यु हुनेहरुको संख्या लगभग बराबर भए पनि घरभित्रको प्रदूषणका कारण कम मानिसको मृत्यु भएका कारण मृत्यु संख्यामा कमी आएको हो । उदाहरणका लागि, मानव र जनावरहरूको मलमूत्रबाट प्रदूषित चुलो र पानीका कारण घरभित्रको हावाको विषाक्तताका कारण मृत्यु हुनेहरुको संख्या घटेको छ।

प्रदुषणका कारण सबैभन्दा बढी मृत्यु हुने १० देशमध्ये अमेरिका एक मात्र विकसित देश हो । अमेरिका यो सुचिको सातौं नम्बर छ र २०१९ मा त्यहाँ १ लाख ४२ हजार ८ सय ८३ जनाको मृत्यु भएको थियो ।

यो अध्ययन अमेरिकाको ग्लोबल बर्डन अफ डिजिज र इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले गरेको हो । जनसङ्ख्याको अनुपातमा मृत्यु हुनेको सङ्ख्या हेर्दा चाड र मध्य अफ्रिकी गणतन्त्र शीर्षमा छन्, जहाँ प्रत्येक १ लाख मानिसमा ३०० जनाको मृत्यु भएको थियो । मृत्युको सबैभन्दा कम संख्या ब्रुनाई, कतार र आइसल्याण्डमा रेकर्ड गरिएको थियो (प्रति १ लाख जनसंख्यामा १५ देखि २३ )।

विश्वमा हरेक एक लाखमा औसतमा १ सय १७ जनाले प्रदूषणका कारण ज्यान गुमाएका छन् । धुम्रपान र सेकेन्डह्यान्ड धुम्रपान अर्थात प्रदूषणले संयुक्त रूपमा प्रत्येक वर्ष मानिसको ज्यान लिइरहेको वैज्ञानिकहरू बताउँछन् ।

सबैभन्दा बढी ज्यान लिने प्रदूषकमध्ये सिसालाई सबैभन्दा खतरनाक मानिएको छ । पुरानो रंग, रिसाइकल ब्याट्री तथा निर्माण कार्यमा प्रयोग हुने अन्य विषाक्त धातु प्रतेक वर्ष ९ लाख मानिसको मृत्युका लागि जिम्मेवार छ । प्रदूषित पानीका कारण हरेक वर्ष १४ लाख मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया