बुधबार, वैशाख १२, २०८१

तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश

नेपालखोज २०७९ चैत ९ गते ७:०१

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम–११ प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ४०औँ मिनेटमा सुदूरपश्चिम–११ लागि फागुराम थारुले गोल गर्न सफल भएका थिए । यही गोलसँगै सुदूरपश्चिम–११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । बुधबारको खेलमा सुदूरपश्चिम–११ का विष्णु चौधरीले म्यान आफ दि म्याचको उपाधि प्राप्त गरी रु ११ हजार एक सय ११, यति हेल्मेट र करेन्ट चाउचाउ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दीका बीच दिउँसो ३ः३० बजे हुनेछ । रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको २२औँ संस्करणको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ ।

प्रतिक्रिया