शनिबार, वैशाख ८, २०८१

भक्तपुरमा १६ जना जुवाडे पक्राउ

नेपालखोज २०७९ चैत ९ गते ७:११

काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्रहरीले मझेरी क्याफेका सञ्चालक पनि छन् ।

जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८५० र ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।

पक्राउ परेकालाई भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया