बिहीबार, वैशाख १३, २०८१

फ्लड लाईटमा खेलिने विराट गोल्डकप आज देखि

नेपालखोज २०७९ चैत ९ गते ७:१४

विराटनगर । चैत १६ गतेसम्म सञ्चालन हुने ‘विराट गोल्डकप’आज देखि सुरु हुदैँछ । विराट गोल्डकप आयोजक समितिका अनुसार यो प्रतियोगिता स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिताका रुपमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । सहभागिहरुमा नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान छन् ।

यो प्रतियोगिताको उपाधि विजेताले २० लाख १५ हजार तथा उपविजेताले १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया