लुम्बिनी माओवादी संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७९ चैत ९ गते ८:५०

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ ।
एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन दिउँसो बैठक बोलाइएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरिएको छ ।
पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो ।
सम्बन्धित
प्रतिक्रिया