शनिबार, वैशाख १५, २०८१

सबैभन्दा सानो र सस्तो इलेक्ट्रिक कार

नेपालखोज २०७९ चैत ९ गते ९:५४

काठमाडाैं । अहिले बजारमा विद्युतीय सवारी साधनको माग बढेको छ भने अटो सेक्टरको बजार पनि निकै तीव्र गतिमा बढिरहेको छ । यहि कुरालाई मध्यनजर गर्दै सबैजसो अटो कम्पनीले आफ्ना गाडीहरु विद्युतीय संस्करणमा लन्च गर्न थालेका छन् ।

अहिले बिभिन्न अटो कम्पनीहरु बजारमा आ-आफ्ना नयाँ इलेक्ट्रिक गाडी लन्च गर्ने तयारीमा जुटेका छन् । मध्यमवर्गीय परिवारको बजेटमा सबैभन्दा सानो र सस्तो विद्युतीय कार पूर्ण रूपमा फिट हुने भएकाले धेरैको ध्यान यस्तै कारमा छ । यसक्रममा एमजीले ल्याउन लागेको विद्युतीय नाम MG Comet EV हो । २०२३ भित्रै यो इलेक्ट्रिक कार सडकमा गुडेको देख्न पाईने छ ।

MG Comet EV का विशेषता

यो इलेक्ट्रिक कारमा सबै डिजिटल स्मार्ट सुविधाहरू प्राप्त हुनेछ । यसमा डिजिटल र स्मार्ट सुविधाका रूपमा ७ इन्चको फुल एचडी डिस्प्ले प्रणाली उपलब्ध हुनेछ । त्यसका अतिरिक्त सिट बेल्ट रिमाइन्डर, एन्टि लक ब्रेकिङ सिस्टम, वाइफाइ, ब्लुटुथ कनेक्टिभिटी, अटो एसी आदि पनि यसमा रहने छन्।

MG Comet EV Battery

यो इलेक्ट्रिक कारमा दुईवटा ब्याट्री विकल्प दिईनेछ । पहिलो ब्याट्री विकल्प ३० kWh को हुनेछ भने दोस्रो ब्याट्री विकल्प ५० kWh को हुनेछ । यी दुबै ब्याट्रीले फास्ट चार्जिङ सपोर्ट पाउनेछन । यी दुबै रेन्जका ब्याट्री फरक दायरा र उच्च गतिका प्रदान हुने दाबि गरिएको छ ।

MG Comet EV Range

एमजी को यो इलेक्ट्रिक कारको ३० kWh भेरियन्ट पूर्ण ब्याट्री चार्जमा २५० किलोमिटर गुडन सक्छ । यसैगरी ५० kWh भेरियन्टको ब्याट्रीले ३५० किलोमिटर यात्रा गर्न सकिनेछ ।

यो गाडिको अन्तर्राष्ट्रिय बजार मूल्य १३ लाख जति हुने अनुमान छ । यो अगाडि दुईवटा ढोका तथा पछाडि एक वटा ढोका भएको ४ सिटे कार हो ।

प्रतिक्रिया