बिहीबार, वैशाख २०, २०८१

महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

नेपालखोज २०७९ चैत ९ गते १०:२२

काठमाडौं । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।

नेपाल विद्यार्थी संघका मनोज डिसी स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन् । डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरे ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त परे । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।

प्रतिक्रिया