विद्युतीय पासोमा परेर सर्लाहीमा एकको मृत्यु
नेपालखोज
२०७९ चैत ९ गते १३:४१

काठमाडौं । जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर सर्लाहीको बलरामा एक जनाको मृत्यु भएको छ । ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।
महतो राति पिसाब फेर्न छिमेकीको मकैबारी जाने क्रममा बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाकारी दिए ।
सर्लाहीका किसानले बाली जोगाउन विद्युतीय पासो तथा जालीको प्रयोग गर्दै आएका छन् । तर बाली जोगाउन खेतबारीमा करेन्ट प्रवाह हुँदा बर्सेनी मानिसको मृत्यु हुँदै आएको छ । वनमा बर्सेनि लाग्ने डढेलोले पनि जनावरहरु किसानको खेतबारीमा पसिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया