बुधबार, वैशाख १२, २०८१

सभापति देउवा बालुवाटारमा

नेपालखोज २०७९ चैत ९ गते १७:५२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ । प्रचण्डले पुस १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएपनि हालसम्म ठोस सहमति भइसकेको छैन ।

प्रतिक्रिया