बिहीबार, वैशाख १३, २०८१

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

नेपालखोज २०७९ चैत १० गते ६:५४

काठमाडाैं । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनकाे ८६ वर्षकाे उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हाे । उनको आज दाहसंस्कार गरिने जनाइएको छ । 

उनले रेडियो नेपालको समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् ।

प्रतिक्रिया