शनिबार, वैशाख ८, २०८१

गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

नेपालखोज २०७९ चैत १० गते ८:३२

काठमाडाैं । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।

अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने जनाइएकाे ।

गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

प्रतिक्रिया