शुक्रबार, चैत १६, २०८०

किन बढ्यो ‘गरिबको खाना’को माग ?

नेपालखोज २०७९ चैत १० गते १३:२५

काठमाडाैं । असिद खानेकुराको एउटा परिकार हो। यमनमा यसलाई गरिबको खाना भनिन्छ । अहिले त्यहाँ असिदको माग निकै बढेको छ। रेस्टुरेन्टमा ग्राहकहरु असिद मात्र खान्छन् । के भयो र असिद खाने यति धेरै मान्छे निस्कीए ? यमनको राजधानी सानामा थुप्रै असिद रेस्टुरेन्टहरू छन् जहाँ हिजोआज मानिसहरूको भीड देखिन्छ ।

के हो असीद ?
असीद एक प्रकारको दलिया हो। सानाको एक असिद रेस्टुरेन्टका मालिक नबिल अल-कादसी भन्छन्- यो स्वस्थ छ किनभने यसमा सेतो पीठो हुँदैन । असीदको माग बढ्नुको कारण गरिबी नै हो । विश्वको गरिब देश मध्येको एक यमनका जनतालाई दुई छाक खान समेत मुस्किल भएको छ ।

सानाका लेखापाल मुताज मुर्शद भन्छन्, “मुस्फीतिका कारण यो खानाको माग बढेको छ । यो सबैका लागि सस्तो छ र धनी होस् वा गरिब सबैले यसलाई खान सक्छन् । इरान समर्थित हुथी र साउदी अरेबिया बीच चलिरहेको युद्धले यमनको अर्थतन्त्रलाई घुँडा टेकाएको छ र त्यहाँ ठूलो मानवीय संकट छ।

प्रतिक्रिया