शुक्रबार, चैत १६, २०८०

गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता

नेपालखोज २०७९ चैत १० गते १४:५३

काठमाडौं । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिन लागेका हुन् ।

मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा तयारी रहेको छ ।

प्रतिक्रिया