नेपाल प्रहरीको प्रमुखमा कुँवर नियुक्त
नेपालखोज
२०७९ चैत १० गते १६:५४

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।
तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया