क्यामरुनकाे एभिनरले खुमलटारलाई हरायाे
नेपालखोज
२०७९ चैत १० गते १९:३५

काठमाडाैं । छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रबार भएकाे खेलमा क्यामरुनको एभिनर फुटबल क्लबले ‘ए’ डिभिजन क्लब खुमलटारलाई ३–१ गोलले हराएकाे हाे ।
धनगढी रङ्गशालामा भएको खेलमा विदेशी टोली एभिनरका लागि माेसिसले २ र कोन्फोरले १ गाेल गरे । खुमलटारका लागि अनुज भण्डारीले गोल गरे । अब एभिनरले सेमिफाइनल प्रवेशका लागि बाग्मती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने खेलको विजेतासँग खेल्ने छ ।
सम्बन्धित
प्रतिक्रिया