बिहीबार, वैशाख १३, २०८१

इन्जिनियर

प्रेम पुन मगर २०७९ चैत ११ गते ९:२३

“तिमी भित्र नजाउ, यता बस।” प्रेमनारायण पण्डितले छोरो उमेशसँग आएका बिर्खबहादुरलाई बाहिर पिडीमा चकटी दिदै भने ।

उमेशले सरासर पण्डितको पूजा कोठामा गएर बत्ति जडान गरिदिए ।
उनीहरूलाई बिदा गरेपछि उनका तीन कक्षामा पढ्ने नातिले सोध्यो- “हजुरबुबा त्यो उमेश दादाको बुवालाई किन भित्र पस्न दिनुभएन।”
“त्यो सानो जातको हाम्रो घरमा पसेपछि धर्म नासिन्छ नि बाबू।”
उनको जवाफमा नातिले अर्को प्रश्न गर्‍यो- ” उनीहरू त बाउ छोरा हुन्। उमेश पस्दा नासिन्न र हजुरबुबा ?”

पण्डित लाज पचाउदै बोले।
“ऊ त इन्जिनियर हो नि बाबू।”

प्रतिक्रिया