बिहीबार, वैशाख १३, २०८१

आरजुलाई इंगित गर्दै गोकुलले भने, ‘भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु’

नेपालखोज २०७९ चैत ११ गते २०:२७

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई चुनौति दिदै आगामी बैशाख १० गते तोकिएको उपनिर्वाचनमा कांग्रेसको दम हेर्न आतुर रहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य आरजुले बनेपामा पुगेर अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको बताएकी थिइन् । सोही भनाइको काउन्टरमा एमाले नेता बाँस्कोटाले भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर रहेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आरजु भाउजुले कांग्रेसलाई निक्कै बलीयो ठानेको रहेछ र साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ । म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु । लौन भाउजु, तत्कालै हुन लागेको उपचुनावमा विना बैशाखी चारतारे उम्मेदवार उठाएर देखाउनुस त !’

बाँस्कोटाले आरजुलाई गठबन्धन विनाको उम्मेदवार उठाएर देखाउन चुनौति दिएका छन् ।

प्रतिक्रिया