बिहीबार, चैत १५, २०८०

बारा–२ उप-निर्वाचन : कांग्रेसले जसपालाई सहयोग गर्ने

नेपालखोज २०७९ चैत ११ गते २०:५०

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)लाई सहयोग गर्ने बताएकाे छ । आज भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने बाचा गरेकाे जनाइएकाे छ ।

बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया