आइतबार, वैशाख २३, २०८१

अर्बपति व्यापारी ज्याक मा लामो समयपछि चीन फर्किए

नेपालखोज २०७९ चैत १३ गते १५:१४

काठमाडाैं । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउकाे एक विद्यालयमा देखा परेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार ज्याक मा हालै चीन फर्किएका हुन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक मा को कम्पनी अलिबाबाको स्वामित्वमा छ ।

५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रुपमा देखा परेका छन् ।

ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको सरकारि अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइलका अरबपति थिए। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी केही समय हङकङ बसे जहाँ उनले साथीहरूसँग भेटघाट गरे । यस बिच उनी अन्तर्राष्ट्रिय कला मेलामा पनि सहभागी भए ।

ज्याक मा ले कृषि प्रविधिका बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरेको बताए पनि पछिल्ला वर्षहरुमा उनी किन सर्वसाधारणको नजरबाट टाढा भए भन्ने जानकारी भने अखबारले दिएको छैन् । ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए । यहि वर्षको जनवरीमा उनले आफ्नो विशाल टेक कम्पनी माथिको नियन्त्रण पनि त्यागेका छन्।

प्रतिक्रिया