मंगलबार, वैशाख ११, २०८१

कस्ता हुन्छन् बृश्चिक राशिका मानिस ?

नेपालखोज २०७९ चैत १४ गते ६:४१

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो बिधि हो । जोतिषीहरु भन्छन्, जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन ।

राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन, शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भरपर्छ । यसैगरी राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

बृश्चिक : बृस्चिक राशी भएका व्यक्तिहरु कस्तो हुन्छन त ? यिनिहरुमा राम्रो नेतृत्व शक्ति हुन्छ । बृस्चिक राशीमा मंगलको प्रभाब रहन्छ । उनीहरु साहसी र पराक्रमी हुन्छन, बेलाबेलामा क्रुरता पनि देखाउँछन । कुनि पनि काममा हात हाले पछी त्यसमा अडिग रहन्छन । कुनै – कुनै बेला उनिहरुको बोली निकै रुखो स्वभाव पनि हुन्छ। उनी हरुले चाहे भने अरुलाई बोलेकै भरमा रुवाइदिन्छन । आफूलाई चित्त नबुझेको कुरा प्याच्च बोलि हाल्छन । यो राशीका मानिसले सकेसम्म अरुको कुरा तथा काममा वास्ता नगरेको बेस हुन्छ ।

अरुका लागउ राम्रो गर्छु, राम्रो बोल्छु भन्दा उल्टै अबजस आईदिन्छ । कहिले काहीँ उनिहरुको आफ्नै बानी र बोली खरो पनि भैदिन्छ । यिनिहरुमा बदलाको भावना निकै प्रवल हुन्छ भने स्मरणशक्ति राम्रो हुन्छ । यस्ता व्यक्तिमा प्रयाप्त सहन शक्ति हुन्छ । यीनिहरु रिसाहा खालका भए पनि भित्री मन कमलो हुन्छ । यिनीहरूलाई व्यवस्थापन मन पर्छ, अनुशासनहीनता मन पर्दैन । यिनीहरूमा चंचल मस्तिष्क भएका र भावुक प्रकृतिका हुन्छन्, त्यसैले यिनीहरूलाई स-साना कुरा पनि बिज्छन्। यीनिहरु सोचे पछी सोच्यो र आटे पछी गर्यो भन्नि खालका हुन्छन ।

योजना बद्ध तरिकाले काम गर्न निपुण हुन्छन । राजनीति, तन्त्र – मन्त्र, ज्योतिष , मनोचिकित्सा, दर्शनशास्त्र आदिमा निपुण हुन्छन । बृस्चिक राशिका लागि शुभ बार आईतवार, मंगलवार र बिहीवार हो भने घातक बार शुक्रबार हो । शुभ रत्न मुंगा, मणिक र पुष्पराज हो । मित्र राशी मेष, कर्कट, सिंह, धनु र मिन । मिथुन र कन्या शत्रु ।

प्रतिक्रिया